Connect IPS
IME Life

प्रभु लाइफले बनायो ‘योङ टिम’, अध्यक्षमा सुभाष अमात्य चयन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले सञ्चालकदेखि उच्च व्यवस्थापन तहमा ‘योङ टिम’ बनाएको छ । नयाँ कम्पनी मध्ये जीवन बीमा व्यवसायमा खासै छलाङ मार्न नसकेको आरोप खेप्दै आएको प्रभु लाइफले नयाँ टिम बनाएको छ । यसै क्रममा  सञ्चालक समितिको अध्यक्षमा सुभाष अमात्यलाई चयन गरेको छ ।

अमात्यले एमबिएसम्मको अध्ययन गरेका छन् । विभिन्न कम्पनीहरुको सफल नेतृव गरिसकेका अमात्य प्रभु क्यापिटलका सञ्चालक थिए । उनि सनराइज होल्डिङ, इलुम एग्रो फार्मको पनि सञ्चालक अध्यक्ष भइसकेका छन् । हाल उनि शुभम पावर, बरुण हाइड्रोपावरका सञ्चालक रहेका छन् । त्यस्तै एयरलाइन्स अप्रेटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य, रिभर फल्स हाइड्रोपावरका अध्यक्ष र प्रभु हेलिकप्टरका प्रबन्ध संचालक छन् ।

Prabhu
Crest

कम्पनीका निवर्तमान अध्यक्ष डा. आत्माराम घिमिरेले राजीनामा दिए सँगै सञ्चालकहरुले सर्वसम्मत रुपमा अमात्यलाई चयन गरेका हुन् । उनि सँगै सञ्चालक समितिमा सर्वसाधारण समुहबाट दुई जना चार्टर्ड एकाउन्टेन्ट निर्वाचित भएका छन् । कम्पनीको चौथो वार्षिक साधारणसभाबाट सर्वसाधारण समुहको प्रतिनिधित्व गर्दै चार्टर्ड एकाउन्टेन्ट द्धय शंकर गौतम र दीपक पाण्डे निर्वाचित भएका थिए ।

प्रभु लाइफले बीमा विज्ञका रुपमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाइलाई नियुक्ति गरिसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले राजिनामा दिइसकेकोले अवको केहि महिना पछि प्रसाईले नै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।

यस सँगै प्रभु लाइफले सशक्त टिम पाएको छ । उच्च व्यवस्थापन तहदेखि सञ्चालकहरुले राम्रो सँग बीमा, इन्भेष्टमेन्ट, मार्केटिङ बुझेकाले अवको केहि समयमा प्रभु लाइफको ग्रोथ उल्लेख्य हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको माघ महिनासम्मको तथ्याङ्क अनुसार कम्पनीले एक अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यहिबाट बीमा कम्पनीको नयाँ ग्रोथ देखिन सुरु हुनेछ ।

कम्पनीले उच्च व्यवस्थापनमा अझै दक्ष जनशक्तीको व्यवस्था गर्दैछ । यसले कम्पनीलाई आगामी दिनमा उचाइमा पुर्याउन थप मद्दत पुर्याउने विश्वास लिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS