IME Life New

सबैको लघुवित्तको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न शुरु गरेको छ । कम्पनीले गत पुस ३ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न थालेको हो ।

कम्पनीले चैत १३ गते ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर बापतको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको थियो ।

Esewa
Crest

मंसिर १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

मंसिर १६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS