काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न सक्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले शेयर कित्ता संख्या र मूल्य भने उल्लेख गरेको छैन । उक्त संस्थापक शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय चारखाल रोड, डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन आग्रह गरेको छ ।
तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र अनुसार प्रचलित कानून बमोजिम शेयर विक्री गरिने जनाएको छ ।