IME Life New

पूँजी वृद्धिको विषयमा बीमा कम्पनीका संचालक समितिमा डेलिगेशन जाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पूँजी वृद्धि योजनाको पुनरावलोकन गर्न माग गर्दै बीमा कम्पनीको संचालकहरु डेलिगेशन जाने भएका छन्। जीवन र निर्जीवन बीमा कम्पनीका संचालकहरुको सोमबार साँझ होटल याक एण्ड यतिमा सम्पन्न बैठकले पूँजी वृद्धि सम्बन्धि बीमा समितिको निर्देशनका सम्बन्धमा छलफल गर्न प्रतिनिधि मण्डलले समितिमा छलफल गरेर पूँजी वृद्धिका लागि संभावित चुनौती सम्बन्धमा अवगत गराउने भएको हो।

बीमा समितिले गत बिहीबार निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको २ अब ५० करोड रुपैयाँ पुर्याएको छ। सबै बीमकले २०७९ चैत्र मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउनुपर्नेछ।

Esewa
Crest

एक वर्षको समयावधि भित्र तोकिएको चुक्ता पूँजी पुर्याउन नसकिने भएकोले समयसीमा थप्नको लागि बीमकले अनुरोध गर्नेछन्।

बीमा समितिले पूँजी वृद्धि गर्न नसक्ने बीमकलाई अर्को बीमकसँग गाभिन वा दुईवटा बीमक गाभिएरै भएपनि पूँजी पुर्याउन निर्देशन जारी गरेको छ।

जोखिममा आधारित पूँजी (रिस्क बेस्ड क्यापिटल) को अवधारणालाई कार्यान्वयनमा लैजानको लागि यसअघि नै निर्देशन जारी गरेको समितिले नियामक पूँजी सम्बन्धमा अहिले जारी गरेको समय सीमा सहितको निर्देशन व्यवहारिक नभएको प्रतिकृया बीमकको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS