IME Life New

मेट लाइफले बोनसदर घोषणा गर्दा ९ वटा कम्पनीले बल्ल सुरु गरे एक्चुरीअल मूल्याङ्कन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को बोनस दर घोषणा गर्दा ९ वटा जीवन बीमा कम्पनीहरुले बल्ल प्रकृयाँ अगाडी बढाएका छन् । बीमा समितिका अनुसार हालसम्म तीन वटा कम्पनीले एक्चुरीअल मूल्याङ्कनको सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गरेका छन् । त्यस्तै ६ वटा कम्पनीहरुले भने सैद्धान्तिक स्वीकृति पाइसकेका छन् ।

नियम अनुसार एक्चुरियल मूल्याङ्कनका लागि सैद्धान्तिक स्वीकृति पाएको ३० दिनमा एक्चुरियल मूल्याङ्क प्रतिवेदन पेश गर्नु पर्ने हुन्छ । बीमा समितिका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक स्वीकृतिका लागि समितिमा पेश गरेका छन् ।

Esewa
Crest

त्यस्तै समितिबाट भ्यालुएसनका लागि लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सैद्धान्तिक स्वीकृति पाइसकेका छन् ।

अघिल्लो आर्थिक वर्षको हकमा भने राष्ट्रिय बीमा संस्थान बाहेक सम्पुर्ण कम्पनीहरुले एक्चुरियल मूल्याङ्कन गरिसकेका छन् । कतिपय बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ कै साधारणसभा गर्न बाँकी रहेकोले गत आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कन कार्य अगाडी बढाउन सकिरहेका छैनन् ।

बीमा समितिका अनुसार अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न भएको एक हप्ता भित्रै ति कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गर्ने गरेका छन् । समितिले सैद्धान्तिक स्वीकृति दिए पछि कम्पनीहरुले ६० दिन भित्रमा भ्यालुएसन रिपोर्ट पेश गर्नु पर्छ ।

हालसम्म १० वटा कम्पनीहरुले मात्रै एक्चुरियल मूल्याङ्कनको प्रकृयाँ अगाडी बढाएका छन् । अझै ९ वटा कम्पनीहरुको अत्तोपत्तो छैन । अघिल्लो आर्थिक वर्षको साधारणसभा सम्पन्न गरे पछि मात्रै एक्चुरियल मूल्याङ्कन गर्न नपाइने भएकाले पनि उक्त कम्पनीहरुले प्रकृयाँ अगाडी बढाउन नसकेका हुन् ।

नेपाल लाइफले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को साधारणसभा यहि चैत २१ गते सम्पन्न गर्दैछ । त्यस पछि मात्रै कम्पनीले गत आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कनको सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा पेश गर्नेछ ।

समितिका अनुसार साधारणसभा सम्पन्न भएको एक सातामै गत आर्थिक वर्षको एक्चुरियल मूल्याङ्कनका लागि सैद्धान्तिक स्वीकृति लिने ट्रेण्ड रहेको छ । बीमा समितिले कम्पनीहरुलाई समयमै साधारणसभा गर्न दवाव दिदै आएको छ । समितिले समयमा साधारणसभा नगर्ने केहि कम्पनीलाई कारबाही पनि गरेको थियो । गत वर्षको लागि लगभग सबै कम्पनीहरुले एक्चुरियल प्रतिवेदन तयार पारेर बीमा समितिमा पेश गरिसकेका छन् । अहिले राष्ट्रिय बीमा संस्थानको मात्रै विगत १० वर्षदेखिको एक्चुरियल मूल्याङ्कन तयार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS