काठमाडौं । नेप्सेमा मञ्जुश्री फाइनान्स र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको बोनश शेयर सुचिकृत भएको हो । मञ्जुश्री फाइनान्सको ४० प्रतिशतले हुन आउने ३८ लाख ६१ हजार ५७९ कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चरको ५ प्रतिशतले हुन आउने ५ लाख २ हजार ४२ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो भने एनआरएन इन्फ्रास्टक्चरले पनि पुस २९ गतनै सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।
अव यी दुबै कम्पनीको बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।