IME Life New

क्यापिटल प्लानको विशेष प्रस्ताव सहित बीमा समितिको बोर्ड बैठक बस्दै, जीवनको ५ र निर्जीवनको साढे दुई अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले क्यापिटल प्लानको विशेष प्रस्ताव सहित बोर्ड बैठक डाकेको छ । अध्यक्ष सूर्य प्रसाद सिलवालले क्यापिटल प्लानको प्रस्ताव बोर्डमा पेश गर्न लागेका हुन् । यस अगाडीको सञ्चालक समितिको बैठकले सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा क्यापिटल प्लानको अध्यनका लागि कार्यदल गठन गरेको थियो ।

रिजालको कार्यदलले क्यापिटल प्लान आवस्यक रहेको निष्कर्ष सहित समितिमा प्रतिवेदन पेश गरिसकेको छ । कार्यदलको सुझाव सहित अध्यक्ष सिलवालले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब कायम गर्ने प्रस्ताव पेश गर्दैछन् ।

Esewa
Crest

यदि आज अन्य सञ्चालकहरुले सहमति जनाए पछि बीमा समितिले आजै क्यापिटल प्लानलाई स्वीकृत गर्नेछ । अर्थमन्त्रालयकै निर्देशन तथा सुझावमा बीमा समितिले एकाएक क्यापिटल प्लान ल्याउन लागेको हो । बीमा समितिको क्यापिटल प्लानलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

चालु आर्थिक वर्षमा पूँजी बृद्धिका लागि हकप्रद शेयर निष्काशनमा रोक लगाएको बीमा समितिले एकाएक दुई गुणा भन्दा धेरैले पूँजी बृद्धि गर्ने प्रस्ताव ल्याउनुलाई यो प्रस्ताव समितिको एकल प्रस्ताव भन्दा पनि अर्थमन्त्रालय तथा ठुला व्यवसायीहरुबाट निर्देशित भएको हुन सक्ने अनुमान लगाइएको छ ।

हाल जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ भने निर्जीवनको एक अर्ब रुपैयाँ छ । त्यस्तै पुनर्बीमाको भने १० अर्ब रुपैयाँ छ । बीमा समितिले ५ वर्ष अगाडी सञ्चालन अनुमति दिएका बीमा कम्पनी मध्ये अझै चार वटाले प्राथमिक शेयर निष्काशन गर्न बाँकी छ । प्राथमिक शेयर निष्काशन नगरेका बीमा कम्पनीलाई सुरुमा संस्थापकहरुबाट हकप्रद शेयरमार्फत जुटाउन निर्देशन दिने तयारीमा समिति छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS