काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतवार तोलामा ९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ । साथै आज चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदी प्रति तोला १३ सय ७५ रुपैयाँको दरमा कारोबार भइरहेको छ ।