IME Life New

धितोपत्र बजारमा सूचीकृत १२ जीवन बीमा कम्पनीले तीन अर्ब रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  धितोपत्र बजारमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीहरुले बीमा दाबीवापत ठूलो रकम बीमितलाई भुक्तानी गर्न बाँकी रहेको छ ।
सूचीकृत कम्पनीहरुले प्रकाशन गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक वित्तीय विवरण अनुसार  ३ अर्ब १ करोड १४ लाख ४९ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । एलआइसी नेपाल, नेशनल लाईफ, नेपाल लाईफ, एशियन लाईफ, सूर्या लाईफ, प्राइम लाईफ, गुराँस लाईफ, सानिमा लाईफ, यूनियन लाईफ, प्रभू लाईफ, ज्योती लाईफ र रिलायन्स लाईफ पूँजी बजारमा सूचीकृत जीवन बीमक हुन् ।

भुक्तानी गर्न बाँकी दाबी रकम मध्ये सानिमा लाईफ इन्स्योरेन्सले एक पैसा पनि दाबी भुक्तानी गर्नुपर्ने बाँकी रहेको छैन । भुक्तानी गर्न बाँकी दाबी रकम मध्ये सर्वाधिक धेरै नेपाल लाइफको १ अर्ब ८७ करोड ६१ लाख ६५ हजार रुपैयाँ  रहेको छ । यो रकम दोश्रो त्रैमाससम्ममा १२ वटा कम्पनीहरुले भुक्तानी गर्न बाँकी रकमको ६२ प्रतिशत हुन आउँछ ।

Esewa
Crest

बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने दायित्व सिर्जना भएको तर बीमा कम्पनीले विभिन्न कारणले भुक्तानी गर्न बाँकी रहेको वा दाबी विचाराधीन रहेको अवस्थामा बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको रकम वित्तीय विवरणमा देखा पर्छ ।
दोश्रोमा नेशनल लाईफ इन्स्योरेन्सले ६१ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ । यो कूल बाँकी रहेको दाबी भुक्तानीको २० प्रतिशत हाराहारी रकम हो ।

दोश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार एलआइसी नेपालले आफ्नो बीमितलाई ३४ करोड ९३ लाख ४५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । १२ वटा कम्पनीको कूल बाँकी दाबी भुक्तानीमध्ये यो रकम ११ प्रतिशतभन्दा बढी हो । पुराना जीवन बीमकमध्ये एशियन लाईफ इन्स्योरेन्सले ४ करोड ४ लाख ४१ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । १२ कम्पनीको बाँकी कूल दाबी रकमको आधारमा यो जम्मा १.३४ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS