IME Life New

दुई लघुवित्तको एकीकृत कारोबारको मिति तय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्जरपछि चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । यी दुई संस्था एक आपसमा गाभिएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ ।

दुवै कम्पनी बीच गत भदौ १५ गते एक आपसमा मर्जरमा जाने सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।

Esewa
Crest

दुवै कम्पनीको गत पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।  एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएसँगै आगामी चैत १९ गतेदेखि एकीकृत कारोबार शुरु हुन लागेको संस्थाले जनाएको छ ।

यी दुई कम्पनी १ बराबर १ को शेयर आदानप्रदान गर्ने गरी मर्जर भएका हुन् । मर्जरपछि उक्त कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका वार्ड नम्बर १३, साँगामा रहनेछ ।

वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख र सूर्योदय लघुवित्तको २४ करोड ८० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS