IME Life New

नेपाल बैंकमा आबद्धले न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई विराटनगरस्थित न्यूरो कार्डियो हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल बैंक र विराटनगरस्थित न्यूरो कार्डियो अस्पताल बिच भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरुमा लाग्ने शुल्कमा २० प्रतिशत सम्म छुट र यस बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

Esewa
Crest

सम्झौता पत्रमा न्यूरो कार्डियो अस्पतालका तर्फबाट संचालक निर्देशक राजेश भट्टराई र नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले हस्ताक्षर गरेका छन् ।

उक्त कार्यक्रममा हस्पिटलका संचालक निर्देशक राजेश भट्टराईले न्यूरो कार्डियो हस्पिटलले गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशि भएको धारणा व्यक्त गरे ।

नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले विराटनगरमा स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल न्यूरो कार्डियो हस्पिटलसंग सहकार्य गर्न पाएकोमा हस्पिटल प्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्ड मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा बिशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति आभार समेत व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS