IME Life New

बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना ल्याउने भएको छ । समितिको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुको पूँजी बृद्धि योजनाको विषयमा अध्ययन गर्नका लागि सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

रिजालको संयोजकत्वमा गठित कार्यदलले बीमा कम्पनीहरुको पूँजी बृद्धि आवश्यक भए नभएको अध्ययन गर्नेछ । जीवन, निर्जीवन तथा पुनर्बीमा कम्पनीहरुलाई के कति पूँजी आवश्यक रहेको भन्दै अध्ययन गर्नेछ । यहि कार्यदलले सिफारिस गरेको पूँजी बृद्धिका लागि आवश्यक मोडालिटीको पनि सिफारित गर्नेछ ।

Crest

बीमा समितिका सञ्चालकहरुले प्रारम्भिक छलफलका क्रममा जीवन बीमा कम्पनीको पूँजी ५ अर्ब, निर्जीवन बीमा कम्पनीको तीन अर्ब र पुनर्बीमा कम्पनीको २० अर्ब पुर्याउने प्रस्ताव गरेका छन् । कतिपय सञ्चालकले भने भर्खरै स्थापना भएको नयाँ पुनर्बीमा कम्पनी हिमालयन रि लाई तत्काल पूँजी बढाउन समस्या पर्ने भएकाले समग्र पुनर्बीमा कम्पनीको पूँजी बढाउने भन्दा पनि नेपाल पुनर्बीमालाई मात्र निर्देशन दिने कि भन्दै छलफल गरेका थिए ।

सञ्चालकहरु विचमा जीवन बीमाको न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउने विषयमा लगभग सहमति जुटेको छ । तर निर्जीवन बीमाको लागि भने साढे दुई अर्ब बनाउने कि ३ अर्ब पुर्याउने भन्दै मतभेद भएको छ । पुनर्बीमाको हकमा भने २० अर्ब पुर्याउने कि भन्दै छलफल भएको छ । तर अहिले नै समग्र पुनर्बीमा कम्पनीको २० अर्ब भन्दै गर्दा भर्खरै स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई समस्या पर्ने कुरा उठेको थियो ।

दोब्बर भन्दा धेरैले पूँजी बढाउदा समितिले हकप्रदलाई खुला छाड्ने भएको छ । सक्नेलाई हकप्रद निष्कासन गर्न दिने र नसक्नेलाई मर्जरका लागि सहजिकरण गर्ने समितिको प्रारम्भिक धारणा रहेको छ । यो  समितिका सञ्चालकहरु विचमा भएको छलफल मात्रै हो । तर आधिकारिक निर्णय भने होइन । समितिले गठन गरेको कार्यदलले प्रतिवेदन वुझाए पछि मात्रै समितिले आधिकारिक रुपमा पूँजी बृद्धिको योजना ल्याउने स्रोतको भनाइ छ ।

हाल जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ । निर्जीवन बीमा कम्पनीको एक अर्ब र पुनर्बीमा कम्पनीको १० अर्ब रुपैयाँ रहेको छ । समितिले केहि समय अगाडी जोखिममा आधारित पूँजी ‘रिस्कवेस क्यापिटल’ सम्बन्धी निर्देशिका जारी गरेको थियो । निर्देशिका अनुसार बीमा कम्पनीहरुले २०८४ साल सम्ममा उक्त निर्देशिका अनुसार पूँजी कायम गर्नु पर्ने निर्देशन रहेको छ । तर समितिले चुनाव अगाडी नै पूँजी बृद्धि योजना ल्याउने तयारीलाई अर्थपुर्ण रुपमा हेरिएको छ । बीमा समितिले विगत एक वर्षदेखि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्ने निर्णय गर्न निर्देशन दिदै आएकोमा एका एक पूँजी बृद्धि योजना ल्याउने तयारी गरेको हो ।

बीमा समितिले २०७४ सालमा पूँजी बृद्धि योजना ल्याइएको थियो । तत्कालिन समयमा जीवन बीमा कम्पनीलाई ५० करोड रुपैयाँबाट २ अर्ब र निर्जीवन बीमा कम्पनीको २५ करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । तत्कालिन समयमा जारी गरेको पूँजी बृद्धि योजना पुरा गर्न कतिपय बीमा कम्पनीहरुलाई हम्मे हम्मे परेको थियो । समितिले तत्कालिन समयमा ल्याएको पूँजी बृद्धि योजनामा हकप्रद निष्काशन गर्न पाउने नीतिलाई लिएर चर्को आलोचना भएको थियो । यस पटक पनि समितिले हकप्रद शेयर निष्काशनलाई प्राथमिकता दिदैछ । यहि सूचनाले आज शेयर बजारमा बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । अधिकांश  बीमा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS