IME Life New

सुर्खेतमा बीमकको शाखा प्रमुख तथा कर्मचारीहरुसँग बीमा समितिको अन्तक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले हिजो फागुन २७ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बीमकको शाखा प्रमुख तथा कर्मचारीहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीका सुर्खेत स्थित शाखा कार्यालयका शाखा प्रमुखहरु र कर्मचारीहरुबीच अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बीमा क्षेत्रमा भएका समस्याहरुलाई पहिल्याई कसरी हल गर्ने भन्ने विषयमा अन्तक्रिया भएको थियो ।

कार्यक्रम समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख अतिथ्यतामा भएको हो । उक्त कार्यक्रममा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल र  निर्देशक दिनेश कुमार लालले बीमा क्षेत्रमा भएको गतिविधी तथा यस क्षेत्रमा भएको समस्या समाधानका लागि समितिले चाल्नुपर्ने कदमका बारेमा आफ्नो आफ्नो धारणा  ब्यक्त  गरेका थिए ।

Esewa
Crest

त्यस्तै, लोकेश काफ्लेले संचालन गरेको कार्यक्रममा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुयाल, कर्णाली प्रदेशका प्रदेश प्रमुखहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

समितिले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उपस्थितीहरुले कर्णाली प्रदेशमा बीमा सम्बन्धीका कार्यक्रमहरु ल्याउनुपर्ने, स्थानीय निकायबाट बीमाको लागि बजेट छुटाउनु पर्ने, बीमा कम्पनीहरुले कम्पनीका म्यानेजरलाई तालिम नदिइ शाखामा पठाउने गरेको छ तर तालिम दिएर पठाउनुपर्यो, प्रत्येक स्थानीय नियकायमा बीमा कम्पनीको शाखा खोल्नुपर्यो, बीमा क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न पर्यो, एउटा बीमा कम्पनीको बीमा पोलिसी सरेण्डर गराएर अर्को बीमा कम्पनीको पोलिसी खरिद गर्ने समस्यालाई समितिले क्रस चेक गर्नु  पर्ने र पिछडीएको कर्णाली प्रदेशका लागि सम्पती बीमामा छुट र अनुदान हुनुपर्ने तथा विद्यालयमा पठाई हुने विषय पाठ्यक्रममा जीवन तथा निर्जीवन बीमा सम्बन्धी विषलाई अनिवार्य गर्न पर्ने लगायतका  विषयलाई उठान गरेका थिए ।

कार्यक्रममा उपस्थितीहरुले उठाएको विषयलाई समितिका अध्यक्ष सिलवालले सम्बोधन गर्दै समितिले यी सबै कुराहरुलाई बुझेर अगाडी बढ्दै जाने र बीमा सम्बन्धीका कार्यक्रमहरुको आयोजन गर्ने, कर्णाली प्रदेशमा प्रदेश स्तरीय कार्यालय छिटै नै विस्तार गर्ने लगायतका विषयमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS