IME Life New

बाणिज्य बैंकहरुको मुनाफा ४० अर्ब २४ करोड, ग्लोबलको सर्वाधिक धेरै: कुन बैंकको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ४० अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । माघ महिनासम्ममा सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब तीन करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

त्यस्तै खुद मुनाफामा एनआइसी एशियाले नविल बैंकलाई उछिनेको छ । एनआईसीले माघ महिनासम्ममा २ अर्ब ८५ करोड रुपैयाँ मुनाफा आर्जन गर्दा नविलको २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । सरकारकी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब २८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । सात महिनामा २ अर्ब भन्दा माथि मुनाफा गर्ने अर्को बैंक प्राइम बैंक रहेको छ । बैंकले २ अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै ७ महिनामा एक अर्ब भन्दा माथि मुनाफा गर्नेमा क्रमश एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कृषि विकास बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन बैंक, सानिमा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, कुमारी, माछापुच्छ्रे, एनसिसी, हिमालयन र एभरेष्ट बैंक रहेका छन् । सर्वाधिक कम मुनाफा गर्नेमा सिभिल बैंक रहेको छ । सिभिलले ६१ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS