IME Life New

निक्षेप संकलन र कर्जा लगानीको बृद्धिदर घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुको निक्षेप परिचालन र कर्जा लगानीको बृद्धिदर खुम्चिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा बैंकहरुको निक्षेप परिचालन ३.६ प्रतिशलते बढ्दा कर्जा लगानी १२.३ प्रतिशतले बढेको छ ।

जवकी गत वर्षको यहि अवधिमा निक्षेप परिचालन ९.८ प्रतिशतले बढेको थियो भने कर्जा लगानी १४.१ प्रतिशतले बढेको थियो ।

Esewa
Crest

वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.६ प्रतिशतले बढेको छ । २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ८.३ प्रतिशत, ३०.१ प्रतिशत र ५४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३३.९ प्रतिशत र ४८.९ प्रतिशत रहेको थियो ।

२०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.८ प्रतिशत रहेको छ । २०७७ माघ मसान्तमा यस्तो निक्षेपको अंश ४२.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्र तर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्र तर्फ  प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.८ प्रतिशतले र वित्त कम्पनीहरुकोकर्जा प्रवाह २२.७ प्रतिशतले बढेको छ ।

२०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.८ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.३ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २१.३ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १२.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा २५.५ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ७.२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS