IME Life New

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, ६ सञ्चालकको निर्वाचन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले चैत २० गते आइतबार साधारणसभा आह्वान गरेको छ । बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा सभा गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले रोक लगाएपछि बैंकले लाभांश भने वितरण गर्ने छैन । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात र आथिृक वर्ष २०७७/७८ को नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले यस बैंक तथा बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था तथा  एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्नेछ ।

त्यस्तै, सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि बाहय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने । (कम्पनी ऐन, २०६३ को दफा १११(घ) बमोजिम बहालवाला लेखापरीक्षक श्री एसए आर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स् पूनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नुहने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको लागि निर्वाचन गर्ने

सभाले बैंकको प्रवन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने , प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले मिति २०७८/०७/१० मा सम्पन्न सञ्चालक समितिको ५१२ औं बैठकले बैंकको स्वतन्त्र सञ्चालकको पदमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं।२, सानेपा बस्नुहुने श्रीमति बिजया स्वारलाई नियक्त गर्ने निर्णय गरेकोमा सो लाई अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि चैत ८ देखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS