Connect IPS
IME Life

एकै दिन २ अर्बले निक्षेप घट्दा कर्जा प्रवाह भने ४ अर्बले बढ्यो; क्रेडिट क्रंच कायमै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बैंकिङ्ग प्रणालीमा तरलता संकट झनै वृद्धि भएको बेलामा बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिन थालेका तथ्यांक देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्बले निक्षेप घट्दा करिव ४ अर्बले कर्जा प्रवाहमा वृद्धि भएको छ ।

फागुन २२ र २३ गतेको तथ्याङ्कलाई आधार मान्दा “क”, “ख” र “ग” वर्गका वित्तीय सस्थाहरुमा ४८ खर्ब ९० अर्ब निक्षेप रहेकोमा वाणिज्य बैंकमा मात्र ४३ खर्ब २५ अर्ब निक्षेप रहेको छ । सो अवधिमा वाणिज्य बैंकहरुबाट १ अर्ब निक्षेप घटेकोमा पुरै प्रणालीबाट भने २ अर्बले निक्षेप घटेको छ।

Prabhu
Crest

निक्षेप घट्दा र कर्जा प्रवाह वृद्धि हुँदा वाणिज्य बैंकहरुको सिडी रेसियो ९० दशमलव ३८ प्रतिशत पुगेको छ । फागुन २२ गते सो अनुपात ९० दशमवल २८ प्रतिशत थियो । वाणिज्य बैंकहरुले असार मसान्तसम्म सिडी रिसियो ९० प्रतिशत मुनी ल्याउनु पर्ने हुन्छ।

सरकारले खर्च नगरेको अवस्थामा निकट भविष्यमा तरलता झन् “टाइट” हुने देखिन्छ ।  नेपालको आयातमा सर्वाधिक हिस्सा ओगटेको पेट्रोलियम पदार्थको मूल्य ईतिहासकै उच्च अवस्थामा चलिरहँदा प्रणालीमा अझै तरलता चाप देखिने र विदेशी रकमको संचिति पनि घट्ने देखिन्छ ।

निकट भविष्यमा अर्थतन्त्रलाई निकै चुनौती थपिने र राज्यले समयमै सकारात्मक कदम नचाले नेपाली अर्थतन्त्रमा समस्या आउँन धेरै दिन नलाग्ने जानकार बताँउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS