IME Life New

बैंकहरुबाट बढ्दो व्याजदरको फाइदा लिन बीमालेख धितोमा राखेर कर्जा लिदै बीमित !

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले तरलता अभावको कारण देखाउदै व्याजदर बढाउन थालेका छन् । यहि अवधिमा बीमितहरुले बीमा कम्पनीबाट सस्तोदरमा कर्जा लिएर महंगो व्याज क्यास गर्न थालेका छन् । बीमा कम्पनीका एक कर्मचारीका अनुसार बीमितहरुले बीमालेख धितोमा राखेर ८ देखि १० प्रतिशतमा कर्जा प्राप्त गर्छन् । अहिले बाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा १२ प्रतिशत भन्दा माथि व्याजदर दिइरहेका छन् ।

यदि ८ देखि १० प्रतिशत व्याजदरमा कर्जा लिएर बैंकहरुमा ११/१२ प्रतिशतको मुद्दति निक्षेपमा पैसा जम्मा गर्यो भने पनि कम्तिमा ३ प्रतिशत भन्दा माथिको मार्जिन पर्न जान्छ । यदि एउटा बीमितले बीमालेख धितोमा राखेर कम्तिमा पनि ८ प्रतिशत व्याजदरमा एक लाख रुपैयाँ कर्जा लिएर बैंकहरुमा १२ प्रतिशत व्याजदरमा लगानी गर्यो भने पनि ४ प्रतिशत मार्जिन बस्छ । अर्थात उक्त एक लाखमा बीमितले विना लगानी चार हजार रुपैयाँ फाइदा गर्छ ।

Crest

यस्तो कार्यमा साना बीमित भन्दा पनि ठुला ठुला बीमितको संलग्नता बढिरहेको कम्पनीहरु बताउछन् ।  बैंकहरुमा अझै पनि तरलता समाधान हुने अवस्था छैन । यसले गर्दा आगामी दिनमा व्याजदर थप बढ्न सक्ने अनुमान गरिएको छ ।

बीमितहरुले यसरी कर्जा लिन थालेको गत साउन भदौदेखिनै हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीहरुले ५७ अर्ब ६९ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेका छन् । जवकी अघिल्लो आर्थिक वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीले ४७ अर्ब १२ करोड रुपैयाँ बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेका थिए ।

यो रकम आगामी चैतसम्मको वित्तीय विवरणमा बढ्ने बीमकहरु बताउछन् । पछिल्ला दुई महिनामा बैंकबाटै व्याज कमाउने हिसावले कर्जा लिने बढेका छन् । बीमा समितिले बीमालेख धितो कर्जा बीमालेख खरिद गरेको तीन वर्ष पछि मात्रै पाउने व्यवस्था गरिदिएको छ ।

बीमा कम्पनीले बीमितलाई साह्रो गाह्रो परेको समयमा कर्जा सेवा दिने गरेका छन् । बैंकबाट कर्जा लिन घर जग्गा जस्ता चल अचल सम्पत्ती धितोमा राख्नु पर्छ । तर बीमालेख धितोमा राखेर सजिलै कर्जा प्राप्त गर्न सकिन्छ । ठुला ठुला बीमितले यसरी कर्जा लिएर ठुलै कारोबार गर्न सक्छन् ।

कसरी लिन सकिन्छ बीमालेख धितोमा राखि कर्जा ? के छ प्रक्रिया ?

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले बीमालेख धितोवापत कर्जा प्रदान गर्ने गर्दछन् । यस्तो कर्जा बीमा योजनाको प्रकृति अनुसार भने फरक–फरक हुने गर्छ । साधारणतया बीमा कम्पनीहरुले कर्जा वितरण गर्दा बीमीतहरुले बीमा कम्पनीमा भुक्तानी गरेको बीमा शुल्कको आधारमा समर्पण मूल्य (सरेन्डर भ्यालु) निकालिन्छ र सोही मूल्याङ्कनको आधारमा ऋण दिइन्छ ।

बीमितले बीमालेख धितो राखेर ऋण लिनको लागि कम्तीमा तीन बर्षसम्म बीमा शुल्क (प्रिमियम) तिरेको हुनुपर्छ । तीन किस्तासम्म बीमा शुल्क तिरेका बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै प्रकारको चल, अचल सम्पती धितो नराखीकनै ऋण प्राप्त गर्न सक्दछन् ।

बीमितले बीमा कम्पनीबाट लिएको ऋण चुक्ता नगरुञ्जेलसम्म भने बीमा पोलिसी त्याग गर्न पाउँने छैनन् । बीमा समितिले तोकेको प्रवाधान अनुसार बीमितलाई उसले तिरेको बीमा शुल्कको अधिकतम ९० प्रतिशतसम्म ऋण प्रदान गर्न सकिन्छ ।

बीमालेख धितो राखेर लिईएको ऋण बीमा अवधिभर कुनै पनि समयमा भुक्तान गर्न सकिन्छ । बीमितले ऋण चुक्ता गर्न नसकेको अवस्थामा बीमा कम्पनीले बीमा शुल्कबाट नै आफुले लिएको सो ऋण असुल गर्न पाउने व्यवस्था रहेको छ । बीमा कम्पनीले ऋण नतिरीकनै बीमितको मृत्यु भएमा वा अन्य कुनै जोखिम आईलागेमा ऋण कटाएर बाँकी रकम बीमित भए बीमितलाई र बीमित नभएको खण्डमा बीमितले ईच्छाएको व्यक्तिलाई उपलब्ध गराईन्छ । बीमालेख धितो राखेर लिईने ऋणको ब्याजदर भने बीमा कम्पनीहरुले नै आआफ्नै फरक खालका ब्याजदर तोकेका हुन्छन् । बीमालेख धितोमा एकै दिनमा ऋण पाइन्छ भने ब्याज भने प्रत्येक तीन तीन महिनामा भुक्तानी गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS