Connect IPS
IME Life

समता घरेलुले एफपीओ निष्काशन गर्ने, नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो ।

विक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड र निष्काशनकर्ता कम्पनी बीच एफपीओ विक्रीको सम्झौता भएको हो । उक्त सम्झौतामा समता घरेलु लघुवित्त वित्तिय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा।मदन घिमिरे र आरविवि मर्चेन्ट बैंकिङ्गतर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

साविक समता लघुवित्त वित्तीय संस्था र साविक घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड बीच मर्जर प्रक्रिया सम्पन्न भई २०७८ साल वैशाख २ गतेदेखि एकीकृत कारोबार गरेका हुन् ।

मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तले शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशनका लागि विक्री प्रबन्धक नियुक्त गरेको जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS