काठमाडौं । कृषि विकास बैंकले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीले पुस २९ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडीएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
पुस १५ गतेसम्म अभौतिकीकरण गराएका शेयरधनीको हकमा सम्बन्धित हितग्राही खातामा नै जम्मा गरिदिएको र सो मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः बोनश शेयर जम्मा हुने बैंकले जनाएको छ ।
हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले शेयर अभौतिकीकरण गराएपछि मात्र आफ्नो बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।