IME Life New

सानिमा बैंकद्धारा १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

बैंकका धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कमली पन्त ओझालाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।

Esewa
Crest

बीमाको रकम सानिमा बैंकका तर्फबाट सुदूरपश्चिम प्रदेश प्रमुख मेघराज खड्का र बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख घनश्याम जोशीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार सम्मको औषधी उपचार बीमा, १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS