IME Life New

लुम्बिनी प्रदेशका कर्मचारीलाई एनआईसी एशिया लघुवित्तले दियो ५ दिने तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया लघुवित्तले लुम्बिनी प्रदेशका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले लुम्बिनी प्रदेश भरीका कर्मचारीहरुलाई जोखिम व्यवस्थापन, कर्जा असुलि तथा भाका नाघेको कर्जा व्यवस्थापन सम्बिन्ध ५ दिने तालिम दिएको हो ।

फागुन ९ गते सुरु भएको तालिम कार्यक्रम १२ गते सकिएको हो ।तालिममा शाखा सञ्चालनमा देखिने जोखिम, जोखिमका प्रकार, जोखिम व्यवस्थापनका उपाय र गुणस्तरीय कर्जा लगानी, कर्जा सदुपयोगिता, उद्यम विकास तथा भाका नाघेका कर्जा व्यवस्थापन, कानुनी कारवाही, वर्तमान र भविष्यमा आईपर्ने जोखिम र तिनको व्यवस्थापन लगाएतका विषयमा प्रमुख कार्यकारी अधिकृत लक्षमण चालिस र कर्जा असुलि प्रमुख बिमल नेपालले सहजिकरण गरेका थिए ।

Esewa
Crest

सम्मेलनको समापनमा प्रमुख कार्यकारी अधिकृत चालिसेले एनआईसी एशिया लघुवित्त सेवाग्राही सदस्यहरुको पहिलो रोजाई तथा अग्रणी लघुवित्त बन्न कर्मचारीलाई लगानीलाई मात्र जोड नदिई सदस्यहरुको उद्यमशीलता विकास तथा वित्तीय साक्षरता लगाएका विषयमा ध्यान दिन निर्देशन दिएका थिए ।

उक्त सम्मेलनमा लुम्बिनी प्रदेश प्रमुख अमरनाथ सेढाई, लुम्बिनी प्रदेश अन्तर्गतका भुमही, कोटिहवा, बोडगाउँ, लमहि र चपरगौडि उप प्रदेश प्रमुखहरु लगाएत त्यस क्षेत्रका सम्पुर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS