IME Life New

सिभिल क्यापिटल मार्केटद्धारा कर्मचारीलाई कार्यक्षमता अभिवृद्धि तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडद्धारा संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ अन्तरक्रिया तथा ताालिम प्रदान गरेको छ । सिभिल क्यापिटलले पिकनिकको आयोजनासँगै गोरखा जिल्लाको सदरमुकाममा उक्त तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा सहभागी २६ जना कर्मचारीलाई क्यापिटलका कर्मचारी विभाग प्रमुख मणिराज काफ्ले तथा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले सकारात्मक रुपमा ग्राहकलाई चुस्त दुरुस्त के कसरी सेवा प्रदान गर्ने, अनुशासित कसरी रहने, कार्यक्षमता कसरी अभिबृद्धि गर्ने, व्यवसायिक रुपमा संस्थालाई अगाडि बढाउन के कस्ता योगदान जरुरी हुन्छ जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा संस्थामा कार्यरत व्यवस्थापन तहका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Esewa
Crest

छिटो छरितो तथा ग्राहकमुखि सेवा प्रदान गर्दै लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामी दिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदान गरि विशिष्ट स्थान प्राप्त गर्नेमा संस्थाले प्रतिबद्धता जाहेर गरेको छ । संस्थाले निष्काशन तथा विक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरु माझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, डीम्याट (डीपी) सेवा, शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत श्री झनकराज ढुंगेलले बताए । विगत दुई वर्ष अघिसम्म ३३ हजारको संख्यामा रहेको डिम्याट खाताको ग्राहक संख्यालाई छोटो समयमा नै उल्लेख्य रुपमा बढोत्तरी गरी हाल १,०५,००० पुर्याउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS