Connect IPS
IME Life

मर्जर पछि नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था साविकका सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका थिए । मर्जर पछि गत असोज ५ गतेदेखि एकिकृत कारोबार भएको थियो । नियम अनुसार उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरिएको छ ।

Prabhu
Crest

हाल संस्थाको चुक्ता पूँजी २५ करोड ४९ लाख रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि संस्थाको चुक्ता पूँजी ३० करोड ३ लाख रुपैयाँ नाघ्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभामा पेश गर्न पाउनेछ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS