काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आज नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो । स्टकका अनुसार नेपाल बैंक लिमिटेड १४ प्रतिशत बोनश बापतको १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, गुडविल फाइनान्स कम्पनी लिमिटेडको ९ दशमलव १ प्रतिशत बोनश बापतको ७ लाख ८९ हजार १ सय ५२ दशमलव ०७ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।