Connect IPS
IME Life

फागुनमा पनि निक्षेप सुधार हुने संकेत देखिएन, सातामा १ अर्बले निक्षेप बढ्दा कर्जा ४ अर्ब

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । फागुन पहिलो सातामा पनि निक्षेपको बृद्धिदरमा खासै सुधार हुन सकेको छैन । फागुन ६ गतेसम्ममा बाणिज्य बैंकले १ अर्बले निक्षेप बढाउदा कर्जा विस्तार भने ४ अर्बले बृद्धि गरेका छन् । यस भन्दा अघिल्लो साता निक्षेपमा सुधार नै हुन सकेन तर कर्जा विस्तार भने ६ अर्बले भएको थियो ।

Prabhu
Crest

फागुन ६ गतेसम्ममा बाणिज्य बैंकहरुले ४३ खर्ब १२ अर्बले निक्षेप बढाउदा कर्जा लगानी भने ४१ खर्ब ५९ अर्ब रुपैयाँ पुर्याएका छन् । सरकारले पूँजीगत खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा पैसा आउन सकेको छैन । यस हिसावले अहिलेका अर्थमन्त्री जनार्दन शर्मा पुर्ण रुपमा असफल भएका छन् । भाषणमा जति सुकै ठुला कुरा गरे पनि उनले बजेट खर्च भने बढाउन सकेका छैनन् ।

पछिल्लो समय उनको चर्को आलोचना हुन थालेको छ । सरकारले खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा तरलता थपिन सकेको छैन । गभर्नर आफुखुसी पोलिसी जारी गर्ने अर्थमन्त्री आलोचित मात्रै हुने अवस्थाले पछिल्लो समय कर्जा विस्तार ठप्प छ । बैंकहरु नयाँ कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।

फागुन लागे सँगै सरकारी खर्च बढ्ने र बैंकिङ प्रणालीमा पैसा आउने अपेक्षा गरिएको थियो । तर अहिले सम्म पनि खर्च बढ्ने अत्तोपत्तो छैन । जति सक्दो चासो पूँजीगत खर्च बढ्दा अर्थतन्त्र चलायमान हुन्छ । सरकारी खर्च बढ्ने वित्तीकै उद्योग कलकारखाना, श्रमिक, कर्मचारीले भुक्तानी पाउछन् । जसले गर्दा बजारमा नयाँ पैसा आउन थाल्छ । अर्थमन्त्री शर्माले ठेक्का प्रणालीलाई जतिसक्दो छिटो छरितो बनाउने बताउदै आए पनि यसलाई सहजिकरण भने गर्न सकेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS