Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा पुनःआब्हान, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा गर्ने जनाएको छ । यस अघि अदालतको आदेशमा २ पटकसम्म बैंकको साधारणसभा रोकिएको थियो । सोही साधारण सभा आब्हान गरेको हो ।

बैंकले पुस २५ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको थियो । सो सभामा अदालतले निर्वाचनको कार्यक्रम नगर्न आदेश दिएको थियो । तर गणपुरक संख्या नपुगेपछि सो दिनको सभा स्थगित भएर माघ ३ गतेको लागि सभा आह्वान भएको थियो । अदालतको आदेशपछि माघ ३ दिने गतेको लागि तोकिएको सभा पनि स्थगित भएको थियो।

Prabhu
Crest

कम्पनीले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले २० प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित १ दशमलव ०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।

सभामा कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्बबाट ८ अर्ब पुर्याउने, ३ जना संस्थापक समुहको र ३ जना सर्वसाधारण शेयरधनी समुहको गरि कुल ६ जना संचालकको निर्वाचन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालकको भत्ता वृद्धि गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS