Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत फर्निचर हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमडौं । महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिदैँ उक्त सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

Prabhu
Crest

उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS