Connect IPS
IME Life

जानकी फाइनान्सको एजिएम फागुन ७ गते, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जानकी फाइनान्सले २५औँ वार्षिक साधारणसभा फागुन ७ गते गर्ने भएको छ । कम्पनीले उक्त सभा होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा गर्ने जनाएको छ । सभा बिहान १० बजेदेखि शुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९५ प्रतिशत नगद गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

Prabhu
Crest

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, र नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS