काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल) को संस्थापक शेयर आज आइतवारदेखि लिलामीमा विक्री खुला हुने भएको छ । कम्पनीले ३ करोड ३० लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन गरी विक्री नभएको शेयर लिलामीमा विक्री गर्न लागेको हो । ईच्छुक आवेदकले फागुन ५ गतेसम्म उक्त लिलामी शेयरमा आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ता वा सो भन्दा बढीको १० अंकले भाग जाने संख्यामा आवेदन दिनु पर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।