Connect IPS
IME Life

आईएमई लाइफको बीमा शुल्क आर्जन ३२ प्रतिशतले बृद्धि, जीवन बीमा कोषमा ३ अर्ब ८७ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब २० करोड रुपैयाँ मात्रै थियो ।

मुनाफामा पनि ५.२६ प्रतिशतले सुधार गरेको छ । कम्पनीले समिक्षा अवधिमा ७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

अभिकर्ताले प्राप्त गर्ने कमिशनम पनि बृद्धि भएको छ । अभिकर्ताले यस वर्ष मात्रै २७ करोड ९० लाख रुपैयाँ कमिशन बुझेका छन् । गत वर्षमा २३ करोड २१ लाख रुपैयाँ प्राप्त गरेका थिए । कम्पनीले बीमितहरुलाई बीमालेख धितोमा राखेर ३० करवड ४७ लाख रुपैयाँ कर्जा दिएको छ ।

यस वर्षको कुल बीमा शुल्क आर्जन एक अर्ब ६३ करोड रुपैयाँ रहेको छ तर हालसम्मको कुल बीमा शुल्क आर्जन भने ७ अर्ब २८ करोड रुपैयाँ नाघेको छ । कम्पनीमा हाल कायम रहेको बीमालेखको संख्या भने २ लाख १५ हजार ५५० वटा छ । गत वर्ष एक लाख ३२ हजार मात्रै थियो ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ । जगेडा कोषमा ५८ करोड ७१ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा भने तीन र्ब ८७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा यस्तो कोषमा २ अर्ब ९ करोड रुपैयाँ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS