Connect IPS
IME Life

एशियन लाइफको बीमा शुल्क आर्जन तीन अर्ब ३९ करोड, जीवन बीमा कोष २९ अर्ब ३७ करोड पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ८.२१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब १३ करोड रुपैयाँ थियो ।

बीमा शुल्कमा सुधार देखिए पनि मुनाफा भने १८ प्रतिशतले घटेको छ । कम्पनीले ६ महिनाको अवधिमा १४ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ६० लाख रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीको दाबी भुक्तानीमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ७६ करोड ८४ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षमा ४२ करोड ७६ लाख रुपैयाँ थियो ।

एशियन लायफले यस वर्ष अभिकर्ताहरुलाई ४३ करोड ३२ लाख रुपैया कमिशन दिएको छ । गत वर्षको यहि अवधिमा ३८ करोड ६९ लाख रुपैयाँ दिएको छ । यस वर्ष कुल बीमा शुल्क आर्जन तीन अर्ब ४६ करोड रुपैयाँ आर्जन गर्न सफल कम्पनीले हालसम्म भने ३३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । कम्पनीमा हाल कु कायम रहेको बीमालेखको संख्या भने तीन लाख ४५ वटा छ ।

चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी भने १४ रुपैयाँ छ । जगेडा कोषमा ९६ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS