Connect IPS
IME Life

गुराँस लाइफको बीमा शुल्क २३ प्रतिशतले घट्यो, जीवन बीमा कोषमा ११ अर्ब ४८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २३.७९ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा २ अर्ब ११ करोड थियो ।

त्यस्तै मुनाफामा पनि ६ प्रतिशतले गिरावट देखिन्छ । कम्पनीले ७ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ४१ लाख रुपैयाँ थियो । बीमा शुल्क आर्जनमा गिरावट आउदै गर्दा दाबी भुक्तानी भने १९१ प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा ८७ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest

बीमा शुल्कमा आएको गिरावट सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशन पनि ४१ प्रतिशतले घटेको छ । अभिकर्ताले १९ करोड ५६ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा ३३ करोड २६ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

गुराँसको जीवन बीमा कोष भने २३ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा जीवन बीमा कोषमा ११ अर्ब ४८ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ३२ करोड थियो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा भने जम्मा ५० करोड रुपैयाँ छ । प्रतिशेयर आम्दानी भने ७ रुपैयाँ मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS