Connect IPS
IME Life

युनियन लाइफको बीमा शुल्क २४ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा तीन अर्ब २० करोड रुपैयाँ थियो ।

कम्पनीको मुनाफामा ११.५६ प्रतिशतले सुधार भएको छ । कम्पनीले ६ महिनाको अवधिमा ७ करोड ०८ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा ६ करोड ३५ लाख रुपैयाँ थियो । बीमा शुल्कमा आएको सुधार सँगै कम्पनीको जीवन बीमा कोष पनि ५८ प्रतिशतले सुधार भएको छ । कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ ।

Prabhu
Crest

यस वर्ष बीमा कम्पनीको दाबी भुक्तानी ५७.७३ प्रतिशतले बढेको छ । कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ८९ करोड १५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

युनियनका अभिकर्ताले यस वर्ष ६४ करोड ८८ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा ६२ करोड १८ लाख रुपैयाँ पाएका थिए । प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको कम्पनकीको चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको छ । जगेडा कोषमा एक अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS