Connect IPS
IME Life

राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ६ अर्ब ४ करोड, मुनाफा तीन करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले खुद बीमा शुल्क आर्जन ६.४१ प्रतिशतले बढाएको छ । संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ६ अर्ब ४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ६८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । सरकारी कर्मचारीको बीमा गर्दै आएको संस्थाको अधिकांश व्यवसाय नेपाल सरकारले नै सुनिश्चित गरिदिएको छ ।

संस्थानले पुस मसान्तसम्ममा ती करोड रुपैया खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा गत वर्षको भन्दा १२.१४ प्रतिशतले धेरै हो । गत वर्षको यहि अवधिमा २ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । संस्थानको दाबी भुक्तानी ३९ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

यस वर्ष मात्रै संस्थाले २ अर्ब एक करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा भने एक अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

स वर्ष अभिकर्ताले ९ करोड ५२ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा १४ करोड ४५ लाख रुपैयाँ थियो ।

संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ३८ करोड ७८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ ।

दीर्घकालिन कर्जा तथा लगानी १२ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने बीमालेख धितोमा राखेर संस्थानले एक अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS