Connect IPS
IME Life

प्रभु लाइफको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा २ अर्ब ६० करोड रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सम्पुर्ण सूचकमा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद बीमा शुल्क आर्जन ६४.६३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा एक अर्ब रुपैया आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा जम्मा ६० करोड ९९ लाख रुपैयाँ थियो ।

दाबी भुक्तानीमा पनि उल्लेख बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा ९ करोड ५५ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ भने गत वर्षको यहि अवधिमा एक करोड १३ लाख रुपैयाँ मात्रै थियो ।

Prabhu
Crest

कम्पनीको मुनाफामा भने २३.४२ प्रतिशतले गिरावट आएको छ । पुस मसान्तसम्ममा कम्पनीले ६ करोड १९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ८ करोड ८ लाख रुपैयाँ थियो । बीमा शुल्क आर्जनमा भएको बृद्धि सँगै अभिकर्ता कमिशनमा पनि उल्लेख्य बृद्धि भएको छ । कम्पनीले अभिकर्ताहरुलाई १७ करोड ६६ लाख रुपैयाँ खर्चिएको छ । गत वर्ष यस्तो कमिशन ९ करोड ९५ लाख रुपैयाँ मात्रै थियो । कम्पनीले हालसम्म ४ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

व्यवसायम बृद्धि सँगै जीवन बीमा कोष ८० प्रतिशतले बढेको छ । यस्तो कोषमा २ अर्ब ६० करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९९ लाख रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS