Connect IPS
IME Life

लाइफ इन्स्योरेन्स कर्पोरेसनको मुनाफा ३३ प्रतिशतले घट्यो, जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको मुनाफा ३३.५१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । मुनाफामा गिरावट सँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँमा खुम्चिएको छ । यस मुनाफामा जीवन बीमा कोषको आम्दानीमा नजोडिने भएकाले कम देखिएको हो । एक्चुरिअरी प्रतिवेदन पछि कम्पनीको मुनाफा बढ्न जान्छ ।

कम्पनीको खुद बीमा शुल्क आर्जनमा भने सामान्य सुधार देखिएको छ । कम्पनीले पुस मसान्तसम्ममा ९ अर्ब ५८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९ अर्ब ५६ करोड रुपैयाँ मात्रै थियो । कुल बीमा शुल्क आर्जन भने ९ अर्ब ६२ करोड रुपैयाँ छ ।

Prabhu
Crest

यस वर्ष दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । कम्पनीले ६ महिनामा ५ अर्ब २६ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा ४ अर्ब ५२ करोड रुपैयाँ थियो । यस वर्ष अभिकर्ताले प्राप्त गर्ने कमिशन रकम भने घटेको छ । कम्पनीले यस वर्ष ९१ करोड ९६ लाख रुपैयाँ कमिशन दिएको छ । गत वर्ष एक अर्ब एक करोड थियो ।

कम्पनीको जीवन बीमा कोष १६.४९ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष ७४ अर्ब २४ करोड रुपैयाँ थियो । चुक्ता पूँजी २ अर्ब २१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS