काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले घटेर २,८०१ दशमलव ५४ को विन्दुमा कायम भएको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनकिो २५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ४३१ रुपैयाँ कायम भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १९ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको १६ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।