IME Life New

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीले यस अघि हकप्रदमा आज माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा अब म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको हो ।

कम्पनीले माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद शेयर बिक्रि गरिरहेको छ। बैंकले हकप्रद शेयर प्रयोजनार्थका लागि पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम शेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्।

Esewa
Crest

बैंकले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता शेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्।

पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS