काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १० करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १६ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमा शुल्क आर्जनमा सामान्य सुधार भएको छ । पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा भने २ अर्ब ४४ करोड रुपैयाँ थियो ।
कुल बीमा शुल्क हेर्ने हो भने २ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन २ अर्ब ५३ करोड रुपैयाँ थियो । कम्पनीले पुस मसान्तसम्ममा ११ लाख तीन हजार ८३१ वटा पोलिसी जारी गरेको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा २ अर्ब १८ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अभिकर्ताले यस वर्ष २४ करोड ३५ लाख रुपैया कमिशन प्राप्त गरेका छन् ।
कम्पनीको जगेडा कोषमा २ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा १९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।