काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको मुनाफामा उल्लेख सुधार भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ९ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ५ करवड ५४ लाख रुपैयाँ थियो ।
कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले सुधार भएको छ । पुस मसान्तसम्ममा कम्पनीले एक अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ९६ करोड ६३ लाख रुपैयाँ थियो । यहि अवधिमा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कुल बीमा शुल्क आर्जन भने एक अर्ब १७ करोड रुपैयाँ रहेको छ । हालसम्मको कुल बीमा शुल्क आर्जन भने ६ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीमा कायम रहेको बीमालेख संख्या भने ४५ हजार १०५ वटा छन् ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा ३३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोषमा भने २ अर्ब ८२ करोड रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने ९ रुपैयाँ छ ।