IME Life New

वार्षिकोत्सवको अवसरमा नबिल इन्भेष्टमेण्ट बैंकिंङले ल्यायो छुट अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिंङले आफ्नो १२औं बार्षिकउत्सवको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुलाई लक्षित गरी बाह्र महिना (एक वर्ष) को लागि लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत लाग्ने बार्षिक शुल्कमा पूर्ण रुपमा छुट दिने भएको छ । यस सेवा सर्वसाधारण लगानीकर्ताहरुले मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

संचालनको बाह्र वर्ष पुरा गरी तेह्रो वर्षमा प्रवेश गर्दै गर्दा विगतका दिनहरुमा जस्तै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै उनीहरुको लगानीको उचित व्यवस्थापन गरिने कम्पनीले उल्लेख गरेको छ ।

Esewa
Crest

लगानीकर्ताहरुको लगानीको उचित व्यवस्थापन गरी लगानीकर्ताहरुलाई उच्च दरमा प्रतिफल प्रदान गर्ने उद्देश्यले कम्पनीले दक्ष तथा अनुभवि बजार विश्लेषकहरुको व्यवस्था गरेको जनाएको छ । जसले गर्दा आफ्नो व्यस्तताका कारण आफ्नो लगानीको उचित व्यवस्थापन गर्न नसकेका लगानीकर्ताहरु तथा शेयर बजार सम्बन्धि उचित जानकारी हासिल गर्न नसकेका लगानीकर्ताहरुले यसबाट पहिलो बाह्र महिनाको लागि बिना कुनै व्यवस्थापन शुल्क यसमा प्रवेश गरी फाईदा लिन सक्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS