IME Life New

बीमा समितिले शैक्षिक योग्यताको विवरण मागेपछि मार्केटिङका कर्मचारी तनावमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ बीमा समितिले सम्पूर्ण बीमकलाई एक साताभित्र अनिवार्य रुपमा‌ सम्पूर्ण कर्मचारीको शैक्षिक योग्यताको व्यक्तिगत विवरण पेश गर्न निर्देशन दिएको छ। बीमा समितिले बिहीवार जारी गरेको यो निर्देशनसँगै बीमा क्षेत्रमा विशेषगरी बजार व्यवस्थापन विभाग अन्तर्गत कार्यरत कर्मचारीबीच आतंक मच्चिएको छ।

शैक्षिक योग्यताभन्दा पनि व्यापार प्रवर्द्धनको शीप र कौशलका कारण नियुक्ति र पद्दोन्नति पाएका कर्मचारीहरुको लागि बीमा समितिको सकृयताले तनाव निम्त्याएको हो। यस बाहेक केही कम्पनीले शैक्षिक योग्यता पुगेपनि जागिरको अनुभव नपुगेका कर्मचारीलाई संस्थागत सुशासन निर्देशिका विपरित नियुक्ति र बढुवा दिएका छन्।

Esewa
Crest

बीमा कम्पनीहरुमा बजार व्यवस्थापन विभाग अन्तर्गत कार्यरत कर्मचारीको पदोन्नति व्यवसायीक लक्ष्य पुरा गरेको आधारमा प्रशासनिक विभागको कर्मचारीको तुलनामा छोटो समयमा हुने गरेको छ। बजार व्यवस्थापन विभाग अन्तर्गत बीमालेख बिक्री गर्ने र बीमाशुल्क आर्जन गर्ने लक्ष्य दिइएका कर्मचारीको सशर्त नियुक्ति र बढुवा हुने भएकोले संस्थागत सुशासन निर्देशिकाको उलंघन नियमित झैं भएको छ ।

बीमा समितिले कर्मचारीको शुरु नियुक्ति मिति, पद्दोन्नति मिति, शैक्षिक योग्यता, शैक्षिक प्रमाणपत्र नम्बर, सम्बन्धित विश्व विद्यालय वा शैक्षिक संस्थाको नाम नागरिकता नम्बरसहितको विस्तृत विवरण माग गरेको छ।

बीमा क्षेत्रको बजार व्यवस्थापन विभाग अन्तर्गत कार्यरत जनशक्तिको लागी शैक्षिक योग्यताले मात्र संभव नहुने भएकोले दक्ष जनशक्तिलाई पलायन हुन नदिन वा प्रोत्साहन गर्नको लागि शैक्षिक योग्यता सम्बन्धि प्रावधान खुकुलो बनाउनुपर्ने माग गरिरहेका छन्।‌ बीमा कम्पनीमा बजार विभागमा कार्यरत अधिकांश जनशक्ति बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गर्दा प्रवेशिका वा प्रमाण पत्र तहको अध्ययन सकेर प्रवेश गरेका हुन्छन्। बीमा क्षेत्रमा अनुभव बटुल्दै जाँदा व्यस्तता वा अन्य निजी कारणले गर्दा औपचारिक शिक्षाबाट टाढिनुपर्ने बाध्यता हुने ती कर्मचारीको गुनासो छ।

१९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पूनर्बीमा कम्पनी संचालनमा रहेका छन्। पूनर्बीमा कम्पनीको बजारिकरण पूर्ण प्राविधिक विषय हो । यसमा औपचारिक शिक्षालाई उपेक्षा गर्न संभव हुँदैन । जीवन र निर्जीवन बीमाको बजारिकरण गर्न सामान्य प्राविधिक ज्ञान पर्याप्त हुन्छ। तर बिक्रयकला चाहिँ अनिवार्य शर्त हुन्छ।

के नेपाल लाईफका कयालको बढुवा सदर भएकै हो?
नेपाल लाइफले‌ संस्थागत सुशासन निर्देशिका विपरित अमित कयालको पद्दोन्नति गरेको विषयमा बीमा समितिले हालै १०‌ हजार रुपैयाँ नगद जरिवाना समेत गरेको छ।‌ समितिले जरिवाना गरेपनि निर्देशिका विपरित भएको बढुवा बदर सम्बन्धमा समितिको पत्र मौन छ। जरिवाना‌ सम्बन्धि बीमा समितिको प्रेस विज्ञप्तिले जरिवाना गरेर अनियमित बढुवा सदर गरिएको अर्थ लाग्न जान्छ। बढुवा बदर गर्नु भन्ने आदेश बीमा समितिको पत्र वा विज्ञप्तिमा‌ उल्लेख छैन। समितिको कारवाही सम्बन्धी प्रेस विज्ञप्तिपछि नेपाल लाइफले‌ पनि आफ्नो वेवसाइटमा कयालको पद लुकाइ दिएको छ, जिम्मेवारी मात्र खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS