Connect IPS
IME Life

नेशनल माइक्रोफाइनान्सको नाफा ८३% ले बढ्यो, जगेडा कोषमा ५९ करोड ४१ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ दशमलव ४३ प्रतिशतले बढि हो । गत वर्षको सोही अवधिमा संस्थाले १३ करोड ४१ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी ५८ करोड ७७ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५९ करोड ४१ लाख ८३ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७२ दशमलव २१ प्रतिशतले बढेर ४४ करोड ४० लाख ६५ हजार रूपैयाँ पुगेको छ । गत वर्षको सोेही अवधिमा संस्थाको खुद व्याज आम्दानी २५ करोड ७८ लाख ६२ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा ८३ दशमलव ४३ प्रतिशतले बढेर ३९ करोड ६ लाख ४० हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले २१ करोड २९ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी ८३ रुपैयाँ ६७ पैसा र प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS