Connect IPS
IME Life

आकर्षक बोनस दिँदै आएका मेट लाइफ, नेशनल, एलआइसी र नेपाल लाइफ मध्ये नेशनल लाइफका बीमितले पाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हरेक वर्ष आकर्षक बोनस दिँदैआएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एलआइसी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मध्ये आर्थिक वर्ष २०७६/७७ मा नेशनल लाइफले सबैभन्दा धेरै दिएको छ । फ्युचुर बोनश प्रोभिजनिका कारण यस वर्ष थोरै मात्रै खुम्चिएका कारण नेशनल लाइफ यस वर्ष अगाडी देखिएको हो ।

Prabhu
Crest

पछिल्लो समय व्यवसाय विस्तारमा आक्रामक देखिएको नेशनल लाइफले बीमितलाई राम्रो बोनस दिएको हो । कम्पनीले बीमितलाई न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको छ । त्यस्तै गएका वर्षमा आकर्षक बोनस दिदै आएको नेपाल लाइफले आर्थिक वर्ष २०७६/७७ का लागि भने न्युनतम प्रतिहजार ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म दिएको थियो ।

त्यस्तै अर्को प्रतिस्पर्धी एलआइसी नेपालले पनि यस आर्थिक वर्षमा बीमितलाई न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७० रुपैयाँसम्म दिएको छ । त्यस्तै मेट लाइफ नेपालले पनि यस आर्थिक वर्षका लागि बीमितलाई अधिकतम प्रति हजार ८० रुपैयाँदेखि न्युनतम ४५ रुपैयाँ दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा तीन वटाको बोनसदर घटेको छ । बीमा समितिले कम्पनीहरुलाई ५ वर्ष भित्र सत प्रतिशत फ्युचर बोनस प्रोभिजनिङ गर्न निर्देशन दिए सँगै अधिकाम्स कम्पनीको दर घटेको हो । नेशनल लाइफले फ्युचर बोनस प्रोभिजनिङ गरेर पनि बोनस दर स्थिर राख्न सफल भएको छ । तर अन्य कम्पनीहरुको भने यस वर्ष भारी गिरावट आएको छ । नेपाल लाइफले नै यस वर्ष स्थिर राख्न सकेन । कम्पनीको अघिल्लो आर्थिक वर्षमा न्युनतम बोनसदर प्रति हजार ६२ रुपैयाँ थियो भने अधिकतम प्रतिहजार ८२ रुपैयाँ थियो । न्युनतम तर्फका दरमा गिरावट आएको देखिन्छ ।

त्यस्तै मेट लाइफको आर्थिक वर्ष २०७५/७६ मा न्युनतम प्रति हजार ६५ रुपैयाँ थियो भने अधिकतम प्रतिहजार ८५ रुपैयाँ थियो । तर यस वर्ष न्युनतम प्रति हजार ४५ रुपैयाँमा झरेको छ । एलआइसीको अघिल्लो वर्ष अधिकतम प्रति हजार ८५ रुपैयाँ थियो तर गत वर्षका लागि ७० रुपैयाँमा झरेको छ । त्यस्तै न्युन्तम तर्फ अघिल्लो वर्ष प्रति हजार ६६ रुपैयाँ रहेकोमा गत वर्ष ४५ रुपैयाँमा झरेको छ ।

नेशनल लाइफको दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७) को बोनसदर 

नेपाल लाइफको दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७)को बोनसदर

एलआइसी नेपालको दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७)को बोनसदर 

मेट लाइफको दुई आर्थिक वर्ष (२०७५/७६ र २०७६/७७)को बोनसदर 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS