IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनिले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं.१४ निवासी लोक बहादुर वि.क.को परिवारलाई बीमाङक रकम १ लाख रुपैयाँ र आर्जित बोनश वापतको रकम १२ हजार ९ सय गरी जम्मा १ लाख १२ हजार ९ सय रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

निजले सन नेपाल लाइफ गुल्मी शाखामा दुई वर्ष अघि १ लाख बीमांकको नवीन आजीवन बीमा पोलिसी खरिद गरेका थिए । कृषि कर्म गर्दै आइरहेका वि.क.को घरमै अचानक मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक बीमित स्व. लोक बहादुर विकको श्रीमती सावित्रा वि.क.लाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बीमितलाई सहज तरिकाले सेवा दिनको लागि कम्पनीले आफ्नो शुरुवाती दिनदेखि नै प्रतिबद्ध रहेको जनाएको छ । कम्पनीले विभिन्न बीमा योजनाहरु मार्फत आफ्ना बीमितहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा वडा सदस्य भविश्वर गौतमले सहज तरिकाले बीमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन कम्पनीलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताए ।

त्यस्तै, कार्यक्रमा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छेको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५/२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु पर्ने स्थिति सिर्जना नहुने भएकाले समयमै आफ्नो क्षमता अनुसार बीमा गर्नुपर्ने बताए ।

कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सन नेपाल लाइफ इन्स्योरेन्सले २०७४/०४/१८ गते आश्विन ६ गते सामाजिक सेवा दिवसको अवसरमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको हो ।

कार्यक्रममा वडाका जनप्रतिनिधि, समाजसेवी, शिक्षक, सन नेपाल लाईफ गुल्मीका अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS