Connect IPS
IME Life

मानुषी लघुवित्तको अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ५१ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ मात्र थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख १८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढेको छ । यस अवधिमा संस्थाले ४ करोड ९४ लाख ४२ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा संस्थाको खुद व्याज आम्दानी ३ करोड ८३ लाख ९८ हजार रूपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको सञ्चालन मुनाफा २ करोड ४० लाख २० हजार रूपैयाँ रहेको छ । गत वर्ष संस्थाको यस्तो मुनाफा ४६ लाख ५५ हजार रूपैयाँ रहेको थियो ।

यस अवधिमा संस्थाको प्रतिशेयर आम्दानी२७ रुपैयाँ ६७ पैसा रहेको छ भने संस्थाको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS