Connect IPS
IME Life

वोमी लघुवित्तको नाफा ६५%ले बढ्दा प्रतिशेयर आम्दानी ३५ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ७७ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६५ प्रतिशतले बढि हो । गत वर्षको यस अवधिमा संस्थाले ५ करोड ३१ लाख ३२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको चुक्ता पुँजी ४९ करोड ४३ लाख ३३ हजार रुपैयाँ र जगेडा कोषमा ३० करोड ८६ लाख ६३ हजार रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ७७ दशमलव ४८ प्रतिशतले बढेर २० करोड ७४ लाख २४ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यस अवधिमा संस्थाको खुद व्याज आम्दानी ११ करोड ६८ लाख ६८ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ६१ दशमलव ९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख ६६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ८ करोड ४३ लाख ३६ हजार रूपैयाँ मात्र सञ्चालन मुनाफा गरेको थियो ।

संस्थाको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ४९ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४४ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS