Connect IPS
IME Life

एशियन लाइफको साधारण सभा हुने स्थान परिवर्तन, एजिएम माघ २१ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभाको स्थान परिवर्तण भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले कोभिडको तेस्रो लहर चलिरहेको कारण कम्पनीको १३औं वार्षिक साधारण सभाको स्थान परिवर्तन गरेको जनाएको छ ।

कम्पनीले एक सुचना जारी गर्दै (कम्पनीको रजिष्ट्रार कार्यालयबाट स्वीकृति लिइएको) स्थान परिवर्तन गरी आगामी माघ २१ गते कम्पनीको प्रधान कार्यालय मैतिदेबी, काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभा विहान ११ बजे सुरु हुनेछ ।

Prabhu
Crest

सभाले संचालक समितिबाट प्रस्तावित र बीमा समितिबाट स्वीकृत २७ प्रतिशत लाभांश यस पटकको साधारण सभामा शेयरधनीको लागि मुख्य आकर्षण हुने भएको छ। साधारण सभामा लाभांश वितरण, २०७६/७७ को वासताल, नाफा नोक्सान हिसाब लगायत वित्तीय विवरणमा छलफल र पारित गर्ने कार्यक्रम रहेको छ।

साधारण सभामा हाल कायम रहेको २ अर्ब १ करोड चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुने ५० करोड २६ लाख ९०‌ हजार रुपैयाँको बोनश शेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गरिंदैछ। त्यसैगरी बोनश शेयरको लागि शेयरधनीले भुक्तानी गर्नुपर्ने लाभकरवापतको रकम भुक्तानी गर्नको लागि २ प्रतिशत नगद लाभांश वापत ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद लाभांशको प्रस्ताव पनि पेश गरिने बिहीबार प्रकाशित सूचनामा उल्लेख छ।

साथै बाह्य लेखापरिक्षक आर ए एस एशोसिएसट्सको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, एशियन क्यापिटलमार्फत् सामूहिक लगानी कोष संचालन गर्न नियामक निकायबाट स्वीकृत लिने , प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश गरिंदैछ।

त्यसैगरी सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहायता प्रदान गर्दा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव समेत पेश गर्नेछ । साधारण सभामा शेयरधनीहरु भौतिक वा अभौतिक कुनै पनि माध्यमबाट सहभागिता जनाउन सक्ने एशियन लाईफ इन्स्योरेन्सले प्रकाशन गरेको सूचनामा उल्लेख छ। शेयरधनीले एनआइबीएल एस क्यापिटलबाट जुम मिटिङको लागि आइडी र पासकोड प्राप्त गर्न सक्नेछन्।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते एक दिनको लागि बुक क्लोज गर्दैछ । तयसकारण माघ ११ गतेसम्म शेयर खरिद गर्ने शेयरधनीले २७ प्रतिशत लाभांश प्राप्त गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS