IME Life New

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौसम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात ग्राहकले विश्वका विभिन्न स्थानहरुबाट नेपाल भित्र बैंकिङ्ग च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरिसकेको छ । यस बैंकले हाल १०३ वटा शाखाहरु मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS